सेट टप बक्स

सेट टप बक्स

हेर्दा सानो लागेता पनि अधिकांश घरमा चौबिसै घण्टा चालु नै रहने सेट टप बक्सले पनि थाहा नपाईकन उर्जाको खपत गराईरहेको हुन्छ त्यसैले आफुलाई  आवश्यक भएको बेलामा मात्र सेट टप बक्स अन राख्ने र अरु बेलामा त्यसलाई अफ राख्ने बानी बसाल्नु राम्रो हुन्छ । यसको लागि टेलिभिजन र सेट टप बक्स यदि एउटै सकेटबाट जोडेको खण्डमा टेलिभिजन हेरिसकेपछि एउटै स्विच बन्द गर्ने बानी बसाल्नाले टेलिभिजनको स्टाण्डबाई मोडमा हुने बिजुलीको खपत समेत बच्न जान्छ ।