
करेण्ट कसरी लाग्दछ:
जब हामी कुनै कारणले विद्युतिय उर्जाको असुरक्षित सम्पर्कमा आउँछौ तव त्यो विद्युतिय शक्ति हाम्रो शरिरबाट प्रवाहित हुन पुग्दछ र हामीलाई विद्युतिय झट्का वा करेण्ट लाग्दछ । ज्यादाजसो यस्तो करेण्ट विद्युतिय सामग्रीहरु वा विद्युत सर्किटसंगको हाम्रो शरिरको सम्पर्कले लाग्दछ । आकाशमा बादल भएको बेला पर्ने चट्यांग पनि एक किसिमको विद्युतिय करेण्ट हो । व्यक्तिको शरिरबाट हुने करेण्ट प्रवाहको परिणाम अनुसार शरिरका भाग जल्ने, कोषिकाहरु नष्ट हुने र कतिपय अवस्थामा मृत्यू समेत हुने गर्दछ । हाम्रो शरिरको लागि १० मिलि एम्पियर भन्दा माथिको करेण्ट हानीकारक हुन्छ र १०० मिलि एम्पियर भन्दा बढिको करेण्टबाट ज्यान समेत जान सक्दछ ।
०.००१ एम्पियर देखि ०.०१ एम्पियर सम्म : साधारण झनझनाहट
०.१ एम्पियर सम्म : पिडादायी झट्का, मांसपेशी पक्षघात, स्वाश प्रश्वाशमा बाधा
०.२ एम्पियर सम्म :मृत्यू हुने संभावना
१.० एम्पियर :करेण्ट लागेको शरिरको भाग जल्ने
Source : https://www.asc.ohio-state.edu/physics/p616/safety/fatal_current.html