वासिंग मेसिन

वासिंग मेसिन

हामीले माथि पनि उल्लेख गरेको थियौं कि कसरी सबै जसो उपकरणहरु उर्जाको कम भन्दा कम खपत गरि बढि भन्दा बढि दक्षतापूर्वक काम गर्नेबनाउँदैलगिएको छ । जसका कारणले केहि वर्ष अगाडिको तुलनामा हाल उत्पादन भएका वासिंग मेसिनमा एक दशक अगाडि भन्दा झण्डै आधा उर्जा र कम पानी खपत गरि त्यति नैकाम गर्न सक्ने प्रविधि आईसकेको छ । त्यसैले वासिंग मेसिन खरिद गर्नु अगाडी ईनजी ईफिसियन्सि लेवल वा स्टार रेटिंग हेरेर मात्र खरिद गर्नु पर्दछ । इन्भर्टर टेक्नोलोजी प्रयोग भएका वासिंग मेसिनहरु उर्जा दक्षता भएको उत्पादन मानिन्छ । त्यसैले ति पुराना मोडेलले भन्दा हालका उत्पादनको प्रयोगले बार्षिक रुपमा धेरै नै पैसाको बचत गराउंछ । ध्यान दिनु पर्ने अर्को कुरा के पनि छ भने यस्ता उपकरणहरु सकेसम्म पिक लोड समयमा प्रयोग गर्न हुँदैन ।