रेफ्रिजेरेटर

रेफ्रिजेरेटर

अन्य विद्युतिय उपकरणहरुमा जस्तै रेफ्रिजेरेटरमा पनि खरिद गर्नु अगाडी ईनजी ईफिसियन्सि लेवल वा स्टार रेटिंग हेर्नु पर्दछ ।  रेफ्रिजेरेटरलाई भित्ता भन्दा कमसेकम छ ईन्च (वा उत्पादकले उल्लेख गरे अनुरुप) खुल्ला राखेमा यसले फ्याकेको ताप हावामा सजिलै मिसिन सक्छ र रेफ्रिजेरेटरमा कम लोड पर्न जान्छ । मौसम अनुसार आफुलाई आवश्यक चिसोपना मात्र रहने गरि थर्मोस्टाट (वा कुलिंग मोड) सेट गर्नु पर्दछ । चिसोमा नराखेमा बिग्रिहाल्ने खालका खाद्यपदार्थ मात्र रेफ्रिजेरेटरमा राख्नुपर्छ । काउली, मुला, गोलभेंडा जस्ता तरकारी फ्रिजमा नराख्दा पनि हत्तपत्त बिग्रिदैन । नेपालका चिसो भुभाग, वा काठमाण्डौ उपत्यकामा पनि जाडो महिनामा रेफ्रिजेरेटरको प्रयोग कम गर्न सकिन्छ । खाना पकाउंदा नै नउब्रने गरि बनाउनु, थोरै मात्र खाना उब्रने भएमा त्यसलाई सकेसम्म उपभोग गरि सकाईदिने, वा रेफ्रिजेरेटरमा राख्नै परेमा अट्ने सम्मको सानो भांडाहरु प्रयोग गर्नु उपयूक्त हुन्छ । साथै हाल आएको ईन्भरटर टेक्नोलोजिका रेफ्रिजेरेटरहरु प्रयोग गरेमा झण्र्ड ३० प्रतिशतको हाराहारीमा बिद्युत बचत हुने मान्यता छ ।

 

Source : Energy Efficiency Label (NEEP Handout)