पिक लोड आवर र अफ पिक आवर

पिक लोड आवर र अफ पिक आवर

चौविस घण्टामा कुनै समय यस्तो हुन्छ जब उपभोक्ताहरु माझ उर्जाको माग अत्याधिक भइ ज्यादा विद्युतको खपत हुने गर्दछ । यसलाई विद्युत खपतको आधारमा पिक लोड आवर भनिन्छ । जस्तै नेपालको परिप्रेक्षमा सांझ र घरमा खाना पकाउने समय, सबैले बत्ति बाल्ने समय पिक लोड आवर हो । यसको विपरित यदि दिनको कुनै समय जब उपभोक्ताहरुबाट विद्युतिय उर्जाको खपत कम हुन्छ भने त्यस्तो अवधिलाई अफ पिक आवर भनिन्छ । विद्युत प्राधिकरणबाट हामीलाई चौविसै घण्टा विद्युत सुचारु आपूर्ति गराउन विभिन्न प्रयासहरु भए जस्तै हामी उपभोक्ताहरुले पनि मोटरले पानी तान्ने, वासिंग मेसिन चलाउने, लुगामा आईरन लगाउने आदि काम सकेसम्म कम विद्युत खपत हुने समय पारेर गर्नु पर्दछ । अरु बेला पनि गर्न सकिने यस्ता काम साँझको समयमा नगर्नाले विद्युत चाप (लोड)मा सन्तुलन गर्न सजिलो हुन्छ ।