
पानी तान्ने मोटर पनि नेपालमा अत्याधिक प्रयोग हुने मेसिन जुन डिजेल वा वाष्पबाट पनि चल्न सक्ने भएता पनि नेपालमा बिद्युतिय मोटर ज्यादा प्रचलित छ । यस्तो मेसिन खरिद गर्दा आफुलाई कति पानी आवश्यक छ, पानीको श्रोत के छ, कति गहिराईबाट पानी तान्ने हो र कति माथि सम्म पानी फाल्नु पर्ने हो, साथै प्रति मिनेट अन्दाजी कति लिटर पानी तान्ने मेसिन आफुलाई उपयुक्त हुन्छ भन्ने कुराको यकिन भए पछि मात्र सोहि अनुरुप क्षमताको मेसिन किन्न जरुरी छ । साथै जमिन मुनिको पानी वा स्टोरेज ट्यांकिको पानी तानिंदैछ भने सकेसम्म पिक लोड
समयमा पानी तान्नु उपयूक्त हुंदैन ।