पंखा

पंखा

नेपालको भित्रि मधेस तथा तराई क्षेत्रमा पंखाको अत्याधिक प्रयोग हुने गर्दछ । हुन त पंखा आफैमा धेरै बिजुली खपत गर्ने उपकरण होईन तर पनि यसको प्रयोग निरन्तर रुपमा दिनभरी वा रातभरी हुने हुनाले पंखाको निरन्तर प्रयोग गर्न आवश्यक स्थानहरुमा स्टार रेटिंग भएका पंखाको (विशेषतः सिलिंग फ्यान) प्रयोग गर्नुपर्दछ । कोठामा मान्छेहरु नबसेको समयमा पंखा बन्द गर्न बिर्सनु हुंदैन ।