न्यून उर्जा–क्षयी उपकरणको सूचाङ्क र ताराङ्क

न्यून उर्जा–क्षयी उपकरणको सूचाङ्क र ताराङ्क

विद्युतिय सुविधाका घरायसी सामानहरुको उत्पादन र प्रयोग शुरु भएको दशकौं भईसकेको छ । समयको साथमा यस्ता उत्पादनहरुको गुणस्तर क्रमशः सुधार हुंदै गईरहेको हुन्छ, चाहे त्यो प्रत्यक्ष विद्युतिय पार्ट पूर्जामा भएको सुधार होस चाहे कुनै मेकानिकल पक्षमा भएको सुधार होस, यसले त्यस्ता विद्युतिय उपकरणको उर्जा खपतमा उल्लेखनिय कमि ल्याएको हुन्छ । उदाहरणको लागि हामी सानो छंदा देखेको बिजुलीबाट चल्ने ठुलो रेडियोलाई हेरौं ।
प्रविधिको बिकासले टेबल भरिको त्यो रेडियो अहिले सजिलै खल्तिमा हालेर हिड्न मिल्ने सानो भएकोछ र संगसंगै घटेको छ यसले खपत गर्ने उर्जा । यो एक हामीले देख्न सक्ने न्यून उर्जा क्षय उपकरणको उदाहरण हो । यसै गरि अन्य सबै जसो साधन ÷उपकरणहरुमा पनि उर्जाको खपत कम भन्दा कम गरि बढि भन्दा बढि दक्षतापूर्वक काम गर्ने गरि डिजाईनहरु परिमार्जन गर्द लगिएको छ । फलस्वरुप एक दशक अगाडि भन्दा झण्डै आधा उर्जामा त्यति नै काम गर्ने रेफ्रिजेरेटर, एअर कीिडसनर, टेलिभिजनहरु परिमार्जित गरिएका छन् । आजकल बजारमा बिक्रिका निमित्त राखिएका यस्ता उत्पादनहरुमा ईनर्जी इफिसियन्सी लेबल टांसिएको हुन्छ ।

यस्तो लेवलले खरिदकर्तालाई कुनै पनि मेसिनरीले काम सम्पादन गर्दा कति कम उर्जा खपत गर्छ भन्ने जानकारी दिने हुंदा खरिदकर्ताले सामान खरिद गर्नु अगाडी त्यस्ता लेबलमा ध्यान दिन जरुरी छ ।

विद्युतिय उपकरणहरुलाई न्यून उर्जा क्षयको आधारमा एक देखि पांच सम्मको इनर्जी स्टार रेटिंग गरिएको हुन्छ, यानि कुनै पनि उपकरणले जति कम विद्युत खपत गर्दछ, त्यो उत्पादनले त्यति नै धेरै स्टार पाएको हुन्छ । यो स्टार रेटिंग रेफ्रिजेरेटर, एअर कंडिसनर, टेलिभिजन जस्ता उपकरणमा वा सो बस्तुको बाहिर प्याकिंग बट्टामा समेत देखाईएको हुन्छ ।

माथि देखाईएको चित्रको दायांपट्टि रेफ्रिजेरेटरमा टांस भएको ईनर्जी लेवल देखाईएको छ । जसमा:

  • उक्त रेफ्रिजेरेटरमा A++ रेटिंग भएको कारण सर्वाधिक उर्जा दक्षता भएको मेसिन भन्ने बुझ्नु पर्दछ । यदि त्यसमा B , C वा D लेखिएको भए क्रमशः उर्जा दक्षता घट्दै मध्य र न्यून हुंदै गएको बुझिने थियो ।
  • उक्त रेफ्रिजेरेटरमा सो A++ हरियो रंगमा देखाईएको हुनाले ज्यादा उर्जा दक्षता भएको मेसिन भनेर बुझ्नु पर्दछ । पहेंलो र रातो रंग तिर जांदा क्रमशः मध्य र न्यून उर्जा दक्षता भएको भन्ने बुझिन्छ ।
  • उक्त रेफ्रिजेरेटरमा चौकोर बक्समा लेखिएको ७१ ले सो मेसिनले एक वर्षमा लगभग खपत गर्ने यूनिट देखाउंछ । मानौं एक यूनिट महशुलको १० रुपैंया पर्दछ भने यो रेफ्रिजेरेटर प्रयोग गर्दा बर्ष भरिमा विद्युत महशुल बापत लगभग ७१० रुपैयां खर्च हुने बुझिन्छ ।

यो माथि देखाईएको लेवलको उदाहरण यूरोपियन यूनियनबाट मान्यता प्राप्त उदाहरण हो । यस देखि बाहेक अन्य तरिकाबाट पनि उर्जा दक्षता लेवल देखाउने प्रचलन छ । एकपटक भारतमा प्रचलित स्टार रेटिंग हेरौं । भारतमा सन् २०१० देखि BEE व्दारा लेवल ईनजी ईफिसियन्सी लेवल टांस्न जरुरी गराएको हो । तलको उदाहरण भारतको ब्यूरो अफ ईनजी ईफिसियन्सी व्दारा जारी स्टार रेटिंग हो जसको उर्जा दक्षताको कोठामा EER, SEER वा ISEER भनि उल्लेख भएको हुन्छ।