टेलिभिजन

टेलिभिजन

टेलिभिजन हामी सबैको घर घरमा दैनिक रुपमा प्रयोग हुने विद्युतिय उपकरण हो र यसले कूल उपभोगको झण्डै ५ देखि १० प्रतिशत विद्युत खपत गर्ने गर्दछ । फरक फरक प्रकारका टेलिभिजनहरुले फरक फरक विद्युत खपत गर्दछन् । यदि हामीकहां पहिला पहिला प्रयोगमा आउने गरेका साना स्क्रिनका सि.आर.टि. (क्याथोड रे) टेलिभिजन संग अहिले आएका नयां खालका टेलिभिजनहरुको तुलना गर्ने हो भने के ती भद्दा सि.आर.टि. टेलिभिजनहरुले अहिलेका टेलिभिजन भन्दा कम विद्युत खपत गर्दथे भन्ने देखिन्छ । तर आहिले चल्तिमा आएका टेलिभिजनहरुको ठुला साईजको तुलनामा पहिला २०÷२१ इंचका मात्र टेलिभिजन प्रयोग हुने गरेकोले ती साना टेलिभिजनको विद्युत खपत कम देखिन गएको हो ।

  • एल.सि.डि. टेलिभिजनले एल.ई.डि. टेलिभिजनले भन्दा केहि कम विद्युत खपत गर्दछन्
  • एल.ई.डि. टेलिभिजनले सि.आर.टि. टेलिभिजन भन्दा झण्डै डेढ गुना बढि विद्युत खपत गर्दछन्
  • प्लाज्मा टेलिभिजनले सबैभन्दा धेरै विद्युत खपत गर्दछन्, सि.आर.टि. टेलिभिजन भन्दा झण्डै तीन गुना बढि विद्युत खपत गर्दछन्

 

अन्य विद्युतिय उपकरणहरुमा जस्तै टेलिभिजनमा पनि खरिद गर्नु अगाडी ईनजी  ईफिसियन्सि लेवल वा स्टार रेटिंग हेर्नु पर्दछ । यस देखि बाहेक, ध्यान दिनुहोस, कतै तपाईको टेलिभिजनमा पिक्चर सेटिंग आवश्यकता भन्दा बढि उज्यालोमा त रहेको छैन रु डाईनामिक, भिभिड, मुभी जस्ता पिक्चर अप्सनले धेरै विद्युत खपत गर्दछन् भने  इको जस्ता अप्सनले कम विद्युत खपत गर्दछ । यसका साथै दिनमा टेलिभिजन हेर्न प्रयोग भएको ब्राईटनेस राती आवश्यक नपर्न पनि सक्दछ भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ । यि सबै सेटिंग टेलिभिजनको पिक्चर मेन्यूमा गएर मिलाउन सकिन्छ । प्रयोग नभएको समयमा टेलिभिजनमा गएको लाईन नै अफ गर्ने बानी बसाल्नु पर्दछ । नयां आएका टेलिभिजनहरुमा स्टाण्डबाई मोडले नगण्य बिजुली खपत गर्ने भएता पनि टेलिभिजनसंग सम्बन्धित अन्य उपकरण जस्तै सेटअप बक्स, स्पिकर, रेकर्डर आदि पनि संगसंगै प्रयोग गर्ने प्रचलन रहेकोले यदि एउटै मल्टि प्लगमा यि सबै सबै उपकरण जोडेको खण्डमा एउट स्विच अफ गर्नाले यस्ता सबै उपकरणहरुको स्ट्याण्डबाई मोडमा हुने विद्युत खपत बन्द हुन जान्छ ।
हाल चलनचल्तिमा रहेका टेलिभिजनको पिक्चर रिजोल्युशन क्रमशः सुधार हुंदै पिक्चरको गुणस्तर बढाउंदै लगिएको छ, जस्तै :

HD (High Defination) : 1280pixel x 720pixel
Full HD (Full High Defination): 1920pixel x 1080pixel
UHD (Ultra High Defination): 3840pixel x 2160pixel
4K : 4096pixel x 2160pixel