चुल्हो (ईण्डक्सन कुकरको प्रयोग)

चुल्हो (ईण्डक्सन कुकरको प्रयोग)

हामीले खाना पकाउन ज्यादाजसो प्रयोग गर्ने गरेको ग्यांस चुल्होबाट निस्केको ४० प्रतिशत ताप मात्र खाना पाक्नमा खर्च हुने गर्दछ भने विद्युतिय ईण्डक्सन कुकरमा मात्र पन्ध्र सोह्र प्रतिशत उर्जा यसरी क्षय हुन्छ । अन्य विद्युतिय उपकरणहरुमा जस्तै ईण्डक्सन कुकुरमा पनि खरिद गर्नु अगाडी ईनजी ईफिसियन्सि लेवल वा स्टार रेटिंग हेर्नु पर्दछ । विद्युतिय कुकरको प्रयोग गर्दा पनि पकाउने भांडामा प्रेसर कुकरको प्रयोगले उर्जा खपत बचाउंछ ।

पकाउने बेलामा आफुलाई आवश्यक पर्ने न्यूनतम परिमाणको पानी मात्र प्रयोग गर्नुपर्दछ र कति बेर सम्म पकाउनु वा छडकाउने भन्ने कुरामा पनि आवश्यक ध्यान दिनु पर्दछ । यहां विचार गर्नु पर्ने अर्को कुरा के पनि छ भने विद्युतिय उर्जा आफ्नै देशको उत्पादन हो जबकि ग्यांस वा अन्य ईन्धन हामीले बिदेशी मुद्रा खर्च गरि आयात गर्नुपर्दछ ।