घरायसी बिजुलीको महशुल धेरै चढ्नुका कारणहरु

घरायसी बिजुलीको महशुल धेरै चढ्नुका कारणहरु

कति पटक हामीलाई बिजुलीको बिल धेरै चढ्नाले तनाव भएको हुन सक्छ र यो स्वाभाविक पनि हो । यस्तो अवस्थामा दोष जसलाई दिएता पनि यो समस्याको समाधानका उपायहरु थाहा पाउन सके बिजुली बिल घटाउन सकिन्छ ।

बिजुलीको बिल अचानक बढि चढ्ने अनेक कारणहरु हुन सक्छन । एक त बिजुली महशुलमा बृध्दी भएको खण्डमा पनि बिजुलीको बिल बढि चढ्न सक्छ । त्यसैले एकपटक खपत भएको युनिट पहिलेको तुलनामा उस्तै छ वा धेरै फरक छ हेर्नु पर्छ । यदि यूनिट पनि बढेकै हो भने सो महिनामा दिपावली जस्ता चाडपर्व परेका छन् कि, घरमा कुनै समारोह परेर विद्युतको ज्यादा खपत भएको छ कि, या त जाडो महिना आएको हुंदा रात लम्बिएको वा हिटरहरुको प्रयोग बढ्को छ कि भन्ने कुराहरुको ख्याल राख्नु पर्छ ।

यदि यि कारणहरु छैनन् भने कतै बिद्युत लिक भएर खेर गईरहेको त छैन भनेर जार्नु गर्नु पर्दछ । यसका लागि सर्वप्रथम घरका सबै बत्ति र उपकरणहरु बन्द गरेर मिटर घुमे नघुमेको जाच्नु पर्दछ । यदि यसरी हेर्दा मिटर घुमिरहेको पाईएमा एक पटक इलेक्ट्रिसियनलाई देखाउने वा विद्युत प्राधिकरणमा खवर गर्नु पर्दछ ।
Image Source : http://letsavelectricity.com/why-my-electricity-bill-so-high-and-how-to-rectify-it/