करेण्ट लाग्नबाट बच्ने उपायहरु

करेण्ट लाग्नबाट बच्ने उपायहरु

    • यदि घरको विद्युत आपूर्ति तुरुन्त रोक्नु परेमा त्यसको लागि उपयूक्त मेन स्विच वा एम.सि.बि.को प्रयोग गर्नु पर्दछ र यस्तो सर्किट ब्रेकर कहाँ छ भन्ने कुराको जानकारी पनि परिवारका सबै सदस्यहरुलाई (कार्यालयको हकमा त्यहाका सबै सहकर्मीहरुलाई) हुन जरुरी
      छ । यसो गर्नाले कुनै बेला दुर्घटनाबश कुनै सदश्यलाई करेण्ट लागेको खण्डमा वा आगलागिको समयमा तुरुन्त विद्युत आपूर्ति रोक्न सकिन्छ ।
    • विद्युतिय मर्मत संभार गराउनु पर्दा जानकार ईलेक्ट्रिशियन मार्फत मात्र यस्ता काम गराउनु पर्दछ ।
    • आफैंले गर्न सक्ने सानो तिनो काम भएमा पनि बिद्युत आपूर्ति बन्द गरेर मात्र काम शुरु गर्नु पर्छ । यस्तो आपूर्ति बन्द गर्दा अरुलाई अराएर होईन, घरको जानकार सदश्य आफैंले बन्द गर्नु बेश हुन्छ । यस्तो मर्मत कार्य गर्दा रबर सोल भएका जुत्ता, वा तलुवा मोटो भएका चप्पल आदि लगाउने बानी बसाल्नु पर्दछ ।
    • विद्युतिय उपकरणहरु चलाउँदा सकेसम्म सुख्खा हातले चलाउन उपयूक्त हुन्छ र कतै कपडा प्रयोग गर्नु परेको अवस्थामा पनि सुख्खा कपडा प्रयोग गर्नु पर्दछ ।
    • तार तथा अन्य विद्युतिय सामग्री गुणस्तरिय मात्र प्रयोग गर्नुपर्दछ । झुत्रा, टुक्रन लागेका पुराना वा कमसल तार प्रयोग गर्न हुंँदैन । टुटे फुटेका स्विच सकेटहरु तुरुन्त फेर्नु पर्दछ ।
    • तार जोडनु परेको अवस्थामा नांगो तारलाई ईन्सुलेसन टेपले राम्रो संग बेर्नु पर्दछ ।
    • सकेटबाट पिन निकाल्दा तारमा समाएर तान्ने गर्नु हुंँदैन ।

  • कुनै पनि उपकरणको आआफ्नै तोकिएको मापदण्ड हुन्छ, यी मापदण्डलाई बुझ्ने र पालना गर्ने गर्नुपर्दछ ।
  • घर बाहिर प्रयोग खुला ठाउंमा प्रयोग हुने बत्तिका होल्डर, सकेट आदि पानी नपर्ने किसिमले जडान गर्नुपर्दछ ।

यि देखि बाहेक निम्न सावधानी अपनाउनाले करेण्ट लाग्नबाट निकै हदसम्म बच्न सकिन्छ :

१. विद्युतिय सामग्री तथा उपकरण दुरुस्त हालतमा राखेर : कतिपय ठाउंमा फुटेका सकेट, स्विच, जथाभावी तार जोडिएका विद्युतिय उपकरण, नांगो तारको जोडाई आदिका कारणले पनि करेण्ट लाग्ने गर्दछ त्यसैले घरका विद्युतिय सकेट, प्लग, विद्युतिय उपकरणहरुलाई दुरुस्त हालतमा राख्दा पनि करेण्ट लाग्नबाट बच्न सकिन्छ ।

२. अर्थिङ्ग तथा थ्रि पिनको प्रयोगबाट : हुन त विद्युतिय उपकरणहरु निर्माण गर्दा नै प्रयोगकर्तालाई हानी नहुने तरिकाबाट डिजाईन वनावट गरिएको हुन्छ । प्रयोगकर्ताको सम्पर्कमा आउने भागमा हामीलाई हानी पुर्याउन सक्ने परिमाणको करेण्ट नबग्ने गरि बनाईएको हुन्छ । तर पनि कहिले कांहि कुनै कारणले विद्युतिय उपकरणमा करेण्ट प्रवाह हुन पूग्ने संभावना सर्धं बनि नै रहन्छ । यदि हाम्रो शरिर त्यसको सम्पर्कमा आउंछ भने करेण्ट हाम्रो शरिर मार्फत जमिन तर्फ बग्दछ जुन अवस्थामा हामीलाई करेण्ट लाग्दछ । यदि हाम्रो शरिर वा भुई भिजेको अवस्था छ भने करेण्ट अझै सजिलो गरि हाम्रो शरिरको बाटो गरि जमिनमा प्रवाहित हुन्छ र हामीलाई झन्धेरैकरेण्ट लाग्दछ । यसैले यदि हामीले सोकरेण्ट बग्नका निमित्त हाम्रो शरिर भन्दा सजिलो बाटो बनाईदियौं भने सो करेण्ट अर्को बनाईएको बाटोबाट प्रवाहित भई हामीलाई हानी गर्न पाउंदैन । घर घरमा अर्थिङ्ग गरि थ्रि पिन प्रयोग गर्नुको औचित्य नै यहि हो । यस्तो अर्थिङ्ग गर्दा मोटो तारको प्रयोग गरिन्छ जुन थ्रि पिन सकेटको तेश्रो (सबैभन्दा मोटो) पिन मार्फत जोडिन्छ । करेण्ट बहनको लागि यस अर्थिङ्ग पथको अवरोध  मात्र दुई चार ओह्मको हुन्छ, जबकि साधारण
अवस्थामा हाम्रो शरिरको विद्युतिय अवरोध एक हजार ओह्म भन्दा बढिको हुन्छ । यस्तो अर्थिङ्ग गरिएको तार थ्रि पिनको मोटो पट्टिको पिनमा जोडिन्छ त्यसैले करेण्ट लिकेज भएको खण्डमा करेण्टलाई हाम्रो शरिरबाट बहनुको साटो अर्थिङ्गको तार मार्फत बहन सजिलो हुन्छ र हामीलाई तुलनात्मक रुपमा नगण्य क।रेण्ट लाग्दछ ।

 

अर्थिङ्गको निमित्त साधारण प्रयोगमा ल्याईएको भन्दा मोटो तामाको वायर वा स्ट्राईप प्रयोग गर्नु पर्दछ । अर्थिङ्ग गर्दा जमिन करिव सात आठ फिट गहिरो खाडल पारी त्यसमा ६०० एम एम ह ६०० एम एम साईजको ८ एम एम भन्दा माथिको जि.आई वा ३ एम एम भन्दा माथिको तामाको प्लेट गाडनु पर्दछ । बिस्तृत जानकारीका लागि तलको चित्र हेर्नुहोला ।

 

३. अर्थ लिकेज सर्किट ब्रेकर (इ.एल.सि.बि)को प्रयोगबाट : साधारणतया हाम्रो घरमा प्रयोग हुने बिद्युत सिंगल फेज बिद्युत हो । यसका लागि मुख्य ट्रान्सिमिसन लाईनबाट एक जोडि तार हाम्रो घर सम्म आएको हुन्छ जस मध्ये एउटालाई हामी फेज र अर्कोलाई न्युट्रल तार वा भाले र पोथी तार पनि भन्ने गर्दछौ । कसै कसैले यसलाई प्लस र माईनस तार भन्ने गरेको पनि पाईन्छ । साधारण अवस्थामा फेजबाट बगेको करेण्ट न्यूट्रल हुंदै बाहिर निस्किन्छ, जति भित्र छिरे, उतिनै परिमाणमा । उदाहरणका लागि १० वटा करेण्टरुपी कमिला फेजबाट छिरे आफ्नो काम फत्ते गरेर जतिवटा कमिला भित्र छिरेका थिए उतिन न्यूट्रलबाट बाहिर निस्किए । तर हामीलाई करेण्ट लाग्दा वा अरु कुनै कारणले विद्युत चुहावट भएका खण्डमा ति कमिला न्यूट्रल मार्फत नगएर हाम्रो शरिर हुंदै जमिन भित्र गए । अब फेज तार मार्फत भित्र छिरेका र न्यूट्रल तार मार्फत बाहिर

 

Image Source : https://happho.com/earthing-houses-types-methods-earthing/

Source : https://www.elprocus.com/difference-between-mcb-mccb-elcb-rccb/