एअर कन्डिसनर

एअर कन्डिसनर

एक दशक अगाडिका एअर कन्डिसनरहरुसंग तुलना गर्ने हो भने हाल उत्पादन भएका एअर कन्डिसनर अत्यन्त न्यून उर्जा खपत गर्ने गुणस्तरका आईसकेका छन्र । त्यसैलेएअर कन्डिसनर खरिद गर्नु अगाडी ईनर्जी  ईफिसियन्सि लेवल वा स्टार रेटिंग हेरेर मात्र खरिद गर्न जरुरी छ । इन्भर्टर एसी नै छान्नु पर्दछ । यस्तो एअर कन्डिसनरले मध्यम शक्तिमा लगातार कार्य गर्ने भएकाले बिजुली पनि वचत हुने तथा तापक्रम पनि एकसमान बनिरहन मद्दत गर्दछ । अनि विशेषत काठमाण्डौ तथा पहाडी क्षेत्रमा ध्यानमा राख्नु पर्ने अर्को कुरा के हो भने झ्यालहरु खोल्दा समेत चिसो ताजा हावा प्राप्त नहुने अवस्थामा मात्र एअर कण्डिसनरको प्रयोग गर्नुपर्दछ ।