ईनर्जी अडिट (विद्युत खपत स्वयं परिक्षण)

ईनर्जी अडिट (विद्युत खपत स्वयं परिक्षण)

दक्ष पेशाकर्मीहरुबाट विद्युत खपत परिक्षण गराउने अवस्था नभएता पनि हामी आफैं हाम्रो घर भित्र भईरहेको विद्युत खपतको स्वयं परिक्षण गर्न सक्दछौं । यसो गर्नाले कतै हाम्रो घरमा विद्युत चुहावट भई पैसा खेर त गईरहेको छैन भन्ने कुराको  निक्यौर्ल गर्न सक्दछौं र कतै कुनै समस्या छ भने त्यसको पहिचान गर्न अनि समाधान निकाल्न मद्दत गर्दछ ।

 स्वयंले परिक्षण कसरी :

    • सर्वप्रथम बत्तिहरुको निरिक्षण गर्नुहोस । कुनै पनि स्थान आवश्यकता भन्दा बढि उज्यालो रहेको त छैन वा कुनै स्थानमा बत्ति नबाल्दा पनि खासै फरक नपर्ने अवस्था त छैन । स्टोर रुम, शौचालय आदिमा स्वचालित स्विच प्रयोग गर्नाले बिजुली बचाउन मद्दत गर्दछ । बिशेषगरि भान्सा वा छेउछाका चिमहरु धुलोको कारण पूरा उज्यालो फाल्न असमर्थ भएका हुन सक्छन् । यिनलई पुछपाछ गरी सधै सफा राख्नुहोस । कतै अन्य चिमहरु पनि पर्याप्त प्रकाश फाल्न असक्षम भएका त छैनन भनि जांच्नुहोस र फेर्न जरुरी चिमहरु कागजमा टिपोट गर्नुहोस । आवश्यक लाग्दछ भने टाईमर, फोटो स्विच वा डिमरको प्रयोग गर्नुहोस । टाईमरले कुनै बत्तिको स्विच कति बेला आफैं अन गर्ने र कति बेला आफैं बन्द गर्ने भनि नियमित गर्दछ । फोटो भनेको प्रकाश हो । फोटो स्विचले प्रकाश घटेपछि आफैं बत्ति बाल्ने तथा उज्यालो भएपछि आफैं बत्ति निभाउने काम गर्दछ । बत्ति निभाउन बिर्सनेहरुका लागि यसको प्रयोग उपयूक्त हुन्छ । एउटै बत्तिलाई आवश्यक परेको बेलामा पूर्ण प्रकाशित गर्न र आवश्यकता नपरे उज्यालो घटाउन डिमर स्विच प्रयोग गर्न सकिन्छ ।
    • हिटर, पंखा आदिको प्रयोगमा पनि ध्यान दिनुहोस, कतै आवश्यकता नपरेको स्थान वा समयमा यिनको प्रयोग भईरहेको त छैन ।
    • मौसमको परिवर्तन संगै रेफ्रिजेरेटरको थर्मोस्टाटको सेटिंग, एअर कण्डिसनरको तापक्रम सेटिंगहरु (विशेषतः पूराना मोडेलमा) सहि रहे नरहेको निरिक्षण गर्नुहोस ।
    • ध्यान दिनुहोस कतै कम्प्युटर, टेलिभिजन वा यस्तै अन्य उपकरणहरु प्रयोग नगर्दाको वा गर्न नपर्ने समयमा पनि खुलै रहेका छ छैनन्।
    • उपकरणहरु स्टाण्डबाई मोडमा नछाडनुहोस । काम सकिए पछि बन्द गर्ने, वा प्लग फुस्काउने बानी बसाल्नुस ।
    • सोलार हुंदा हुंदै त्यसमा तातो पानी नरहेर नुहाउनका लागि अन्य तरिकाबाट पानी तताउने गर्नु भएको त छैन रु कतिपय अवस्थामा नुहाउने समयमा साधारण परिवर्तन गर्नाले पनि अतिरिक्त पानी तताउनुपर्ने समस्याबाट मुक्ति पाईन्छ ।