
नुहाउनका लागि गिजर प्रयोग गर्नुहुन्छ भने केहि कुरा ध्यानमा राखेमा बिजुलिको अनुत्पादक खर्च बचाउन सकिन्छ ।
नुहाउनका लागि परम्परागत तरिकाको सयौंं लिटरको गिजर प्रयोग गरि पानी तताउंदा निकै तातो पानी खेर जाने सम्भावना रहन्छ । त्यसैले नयां गिजर जडान गर्दा आफुलाई आवश्यक क्षमताको गिजर मात्र जडान गर्नुपर्छ । बाल्टिनमा पानी थापेर नुहाउंदा प्रति व्यक्ति लगभग १५ लिटर र सिधा सावरबाट नुहांउदा लगभग २५ लिटर पानी खपत हुने औशत मान्न सकिन्छ । त्यसैले गिजर राख्ने बेलामा आफ्नो आवश्यकता अनुसारको पन्ध्र देखि पच्चिस लिटर क्षमताको उपयूक्त गिजर छान्नु पर्दछ ।अन्य विद्युतिय सामग्रीहरुमा जस्तै गिजर खरिद गर्दा उच्चतम स्टार रेटिंगको गिजर छनोट गर्नुपर्दछ ।
परम्परागत गिजर प्रयोग गर्दै हुनुहन्छ भने पनि नुहाउनुको ठिक अगाडि मात्र पानी तताउन शुरु गर्नु पर्दछ । यस्तो गिजर प्रयोग गर्दा यदि एक भन्दा धेर्र व्यक्ति नुहाउनु छ भने बिचमा धेरै खालि समय नराखी एक पछि अर्को छिर्नाले तातिसकेको पानी सेलाउन पाउँदैन । गिजर तथा धारा बिचको दुरी संभव भए सम्म कम राख्नुपर्दछ र तातो पानी बग्ने पाईपको हिट ईन्सुलेसन राम्ररी गनुपर्दछ ।