इन्भर्टर

इन्भर्टर

केहि बर्ष अगाडि देखि नेपालका धेरै घरहरुमा इन्भर्टरको प्रयोग हुंदै आईरहेको छ । घरमा विद्युत आपूर्ति नभएको बेलामा हामी इन्भर्टर मार्फत बत्ति बाल्ने र अन्य विद्युतिय उपकरणहरु चलाउने गर्दछौं तर इन्भर्टर आफैं विद्युत उत्पादन गर्ने उपकरण भने होइन । यसले ग्रिड मार्फत विद्युत आएको समय ब्याट्रिमा विद्युत संग्रह गरेको हुन्छ । बिजुली नआएको बेलामा यसले सो संग्रहित विद्युतलाई बत्ति बाल्न वा उपकरण चलाउनका निमित्त उपयोग गर्ने काम गर्दछ ।

यसरी विजुलि संग्रह गर्ने अनि पूनः आपूर्ति गर्ने प्रकृयामा केहि उर्जा क्षय हुन पुग्दछ । यो क्षय बिस पच्चिस प्रतिशत सम्मको हुन सक्छ । उर्जा ज्यादा क्षय भएमा यसले विजुलीको विल बढाउन मद्दत गर्दछ । तर बजारमा स्टार रेटिंग भएका इन्भर्टरहरु पनि प्राप्य भएका कारण यिनिहरुको प्रयोगबाट उर्जा क्षय दस प्रतिशत भन्दा पनि कममा झार्न सकिन्छ । बिस्तृत विवरण तलको तालिकामा दिईएको छ ।

Source:https://www.bijlibachao.com/appliances/energy-efficient-star-rated-power-inverters-india.html