आइरन

आइरन

खुजमुजिएका लुगाहरुलाई राम्रो बनाउनका लागि आइरन (स्त्रि) लगाईन्छ । लुगा धोएपछि नै राम्रो संग झटकाएर सुकाउनाले र सुकेका लुगा उठाएर हिफाजतपूर्वक राख्नाले पनि लुगा कम खुजमुजिन्छ र आइरन लगाउने श्रम, समय र उर्जामा समेत वचत हुन्छ ।

लुगामा आइरन लगाउनु भनेको लुगाका रेशाहरुलाई तापले नरम बनाएर त्यसमा दवाव दिई त्यसमा रहेको खुजमुजाहट निकाल्नु हो । यो कामका लागि जसरी तापले सहयोग पुर्याउंछ, त्यसै गरि पानी वा बाफले पनि मद्दत गर्दछ । त्यसैले पहिला पहिला सुख्खा आइरन लगाउंदा माथिबाट पानी छम्कने काम गरिन्थ्यो । तर आजकल बजारमा प्रायशः वाष्प आइरन नै पाईने भएकाले आइरन गर्दा कपडाको गुणस्तर हेरी बाफको पनि प्रयोग संगसंगै गर्नाले छिटो र सजिलो संग काम हुन्छ । आइरनमा थर्मोस्टाट सेटिंग गर्न सकिने भएकोले आफुलाई आवश्यक तापक्रम अनुसार हिट सेटिंग गर्नु पर्दछ । यसो गर्नाले बिजुली पनि बच्ने तथा कपडा पनि अधिक तापले बिग्रन पाउंदैन ।